हृ’दय’घा’तका कारण अफ्रिकी मुलुक सिसेल्समा मृ’त्युवरण गरेका नेपाली युवाको उतै दा’ह’सं’स्कार

काठमाडौँ, ३१ बैशाख । गएको मार्च २२ तारिखमा अफ्रिकी मुलुक सिसेल्समा ज्या’न गु’माएका नेपाली युवाको परिवारको अनुमति अनुसारउतै दा’ह’सं’स्कार गरिएको छ ।
सिसेल्समा बराह नगरपालिका १ चतराका ज्ञानेन्द्र श्रेष्ठको हृ’दय’घा’तका कारण मृ’त्यु भएको थियो ।

एनआरएनए सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तका अनुसार श्रेष्ठको मे १३ तारिख बुधवार बिहान सिसेल्समै दा’ह’सं’स्कार गरिएको हो । हालको परिस्थितिलाई मध्येनजर गर्दै मृ’तकका परिवार र सम्बन्धीत कम्पनीको सहमतिमा उनको उतै दा’ह’सं’स्कार गरिएको अध्यक्ष पन्तको भनाइ छ ।

उनी त्यहाँ सनसाइन प्रोपटीज कम्पनीमा सुरक्षा गार्डकाे काम गर्थे । गएको मार्च २२ तारिख डिउटीबाट फर्किएर नुहाइ धुवाइ गरेपछि केहीबेर आराम गरेर ट्वाइलेट गएका श्रेष्ठ त्यहि ढलेका थिए । ट्वाइलेटबाट ठूलो आवाज आएपछि उनीसँगै रहेका नेपाली साथीहरु त्यहाँ पुगेर हेर्दा ढलेकाे अवस्थामा फेला परेका थिए । उनलाई बाहिर निकाल्दासम्म उनको ज्या’न गइसकेको थियो । तत्कालै आएको प्रहरीले उनलाई सरकारी अस्पताल लगेको थियो । तर, उनको मृ’त्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालले उनको मृ’त्युको कारण हृ’दय’घा’त भएको जनाएको थियो ।

यसअघि २०१९ मा मृ’त्यु भएका नवलपुरका सिम बहादुर गुरुङको पनि उतै दा’ह’सं’स्कार गरिएको थियो । गुरुङको मुसाबाट सर्ने रोगका कारण मृ’त्यु भएको थियो ।