लकडाउनमा ५ हजार लिएर चोरबाटोबाट सीमा क टाउने दुई पक्राउ गरी चलाइयो मु’द्दा

विराटनगर, ३१ वैशाख । कोरोना माहामारीकाबीच खुल्ला सीमाको फाइदा उठाउदै चोरबाटो प्रयोग गरेर भारतीय नागरिकलाई नेपालबाट भारततर्फ पठाउने २ जनालाई सुरक्षाकर्मीले पक्राउ गरेर मु’द्धा चलाएको छ ।

उनीहरुले लकडाउनको कारण भारत र्फकिन नपाएका भारतीय नागरिकलाई एक जना बराबर भारतीय रुपैया एक हजार लिने र भारत तर्फ पठाइदिने गरेको खुलेको छ । उनीहरुले मंगलबार राति ४ जना भारतीयहरुलाई चोरबाटो हुदै भारत पठाउन लाग्दा विराटनगर १८ स्थित भेडियारीबाट नि यन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरु ढुवानी सम्बन्धी काम गर्दै आएका विराटनगर ६ का अख्तर आलम र मुबारक हुसैन रहेका छन् । स्थानीयहरुका अनुसार दुवै देशमा लकडाउन भएपछि अलपत्र परेका मानिसहरुलाई रातको समयमा दलालहरुले ५ हजार रुपैयाँ सम्म लिएर सीमा क टाउने गरेको पाइएको छ ।

भारत जानलागेका भारतको राजस्थानस्थित नागौर जिल्लाका सुरेश चौहान , लड्डुराम, गिरीधारीलाल र सामकण रामलाई भारत पठाउन लाग्दा स्थानीयहरुको सहयोगमा सुरक्षाकर्मीले दुईजनालाई नि यन्त्रणमा लिएको थियो ।

उनीहरु भेडियारीस्थित रेलवे लिकको छेउबाट उखुबारी हुँदै इस्लामपुरको बाटोबाट भारत प्रवेश गराउन लाग्दा पक्राउ परेका हुन । उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर अभद्र मु’द्धा चलाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।