दमकमा टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृ’त्यु

झापा, ३१ बैशाख । झापाको दमकमा टिपरको ठक्करबाट आज बिहान एक जना साइकलयात्रीको मृ’त्यु भएको छ । दमक–५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज बिहान ८.१५ बजेतिर को१ख ५५२४ नंको टिपरको ठक्करबाट दमक नगरपालिका–१ श्रीपालीटोलका १६ वर्षीय सोवित दर्जीको मृ’त्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक यज्ञराज शर्माका अनुसार तीव्रगतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिपरले विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई ठक्कर दिँदा दर्जीको घटनास्थलमै मृ’त्यु भएको हो ।

दुर्घटनामा संलग्न टिपर र त्यसका चालक जिल्ला मकवानपुर घर भएका ५१ वर्षीय केदारप्रसाद पुलामीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।