प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए आज साँझ ४ बजे सर्वदलीय बैठक, यी विषयमा छलफल हुने

काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल हुने बताइएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने चारदलसहित पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाएको बुझिएको छ । पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल जानकारी दिए ।