वीरगञ्जमा ४ जना पत्रकार पनि कोरोना संक्रमित

वीरगञ्ज, ३० वैशाख। पमंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार पनि भएको पुष्टि गरेका हुन् ।

पहिलेदेखि नै कोरोनाको इपि सेन्टर बनेको वीरगञ्जमा पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।