अ’पराधको सूचना दिनेलाई गो’प्य राख्न प्रहरीले ह’टायो कलर आइडी

जिल्ला प्रहरी कार्यालय चितवनले अ’पराधको सूचना दिनेलाई गो’प्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आ’इडी ह’टाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी ह’टाएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गो’प्य राख्न चाहेर आ’पराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो । उहाँले भन्नुभयो, “सूचना दिन चाहने तर आफ्नो परिचय गो’प्य राख्न खोज्नेलाई यसले सजिलो बनाउँछ ।” घरेलु हिं’सा, यौ’न दु’व्र्यवहार, ला’गुऔ’षध दु’व्र्यसनीसँगै विभिन्नखालका ठूला र साना आ’पराधिक घ’टनाका सूचना प्रहरीलाई आउन यसले सजिलो बनाएको गुरुङको बुझाइ छ ।

कलरआइडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महसुस गर्ने र हुने गरेको पाइएको छ । चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र आ’पराधिक गतिविधि गरेर लुक्न यहाँ आउने गरेका पाइन्छन् । कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पु¥याएर सर्वसाधारणबाट बढी सूचना लिने अ’पेक्षा गरेको छ ।