कोरोनाबट साउदीमा थप एक नेपालीको मृ’त्यु

काठमाडौं, ३० बैशाख । साउदी अरबमा कोरोना सङ्क्रमणबाट फेरी एक नेपालीको मृ’त्यु भएको छ । उक्त घटनाको खबरले स्तब्ध बनाएको भन्दै कन्सुलेटले दुःख व्यक्त गरेको छ ।

अन्य संक्रमितमध्ये १० जना निको भई अस्पतालबाट फर्किसकेको र बाँकी सबै उपचाररत रहेको समाचारमा उल्लेख छ ।

यस विषम परिस्थितिमा सङ्क्रमण रोकथाम र उपचारका लागि विश्व स्वास्थ्य सङ्गठन लगायत साउदी सरकारले चालेका कदमलाई पूर्ण पालना गरी संयमित र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणको लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।