अस्ट्रेलियामा एक नेपाली युवतीद्वारा आ’त्म’ह’त्या!

काठमाडौं, २६ बैशाख । अस्ट्रेलियाको न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी एक नेपाली युवतीले आ’त्म’ह’त्या गरेकी छिन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा झुन्ड्याउने रडमा झु’न्डिएको अवस्थामा भेटिएकी हुन् । उनी दुई वर्षअघि मास्टर्स गर्न अष्ट्रेलिया गएकी थिइन् भने उनको श्रीमान् गत वर्ष डिपेन्डेटको रूपमा गएको बुझिएको छ ।

उनले आ’त्म’ह’त्या गर्नुको कारण प्रष्ट भएको छैन । नेपालमा उनको श्रीमानको घर काठमाडौको बानेश्वरमा रहेको बताइएको छ ।