शरीरमा प्रतिरोधी क्षमता बढाउन भन्दै यी मेयरले जानीजानी आफैलाई कोरोना संक्रमित बनाएपछि…!

जर्मनी, २० बैशाख । विश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसबाट बच्नका लागि मानिसहरूले अनेक खालका सावधानीहरू अपनाइरहेका छन् । तर विश्वमा यस्ता व्यक्ति पनि छन्, जसले आफुलाई जवर्जस्ती कोरोना भाइरसबाट संक्रमित बनाएका छन् ।

जर्मनीको बर्लिन सहरका मेयर स्टिफन भान डसेलले सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेका हुन् ।

मेयरका अनुसार, जब उनकी श्रीमतीलाई भाइरस संक्रमण भयो तब आफूलाई पनि रोग सर्छ भन्ने उनलाई लाग्न थाल्यो । तर रोग कहिले सर्ने हो भनेर डराउँदै बस्नु भन्दा आफैंले आफैंलाई संक्रमित बनाएर रोगविरुद्धको प्रतिरोधी क्षमता बढाउनु ठीक होला भन्ने उनलाई लाग्यो ।

त्यसपछि उनी जानीजानी पत्नीसँग नजिकिए र आफूलाई संक्रमित बनाए । तर भाइरस संक्रमणपछिको अवस्था चाहिँ द’र्द’नाक रहेको उनी बताउँछन् । र, आफ्नो गल्ती महसुस गर्दै उनले भनेका छन्, ‘विश्वका सबै मेडिकल विज्ञ तथा डाक्टरहरूले कोरोना भाइरसका विषयमा दिएका सल्लाहहरू पालना गर्नुहोस् ।’

अन्ततः ती मेयरले कोरोनाविरुद्धको संघर्षमा जित हात पारे र पत्नीसहित नै निको भएका छन् । आफू अहिले स्वस्थ हुनुका साथै बढी जिम्मेवार पनि बनेको उनले बताएका छन् ।