पूर्व राजा ज्ञानेन्द्र र कोमल शाहले आज ५०औँ विवाह वर्षगाँठ मनाउँदै

काठमाडौ, १९ बैशाख । आज पूर्व राजा ज्ञानेन्द्र शाहले विवाहको ५० औं बर्षगाँठ मनाउदैछन् । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राज्य लक्ष्मी शाहबीच ५० वर्षअघि आजकै दिन विवाह भएको थियो ।

गएको बर्ष उनले एक रेष्टुरेन्टमा पत्नी कोमललाई केक खुवाएर विवाह बर्षगाँठ मनाएका थिए । आजको समारोहमा भए पूर्व शाही परिवारका सदस्य र नातेदारहरु सहभागी हुने भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले तत्कालिन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग बैशाख १९ गते विवाह गरेका थिए । २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए । पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका हुन् ।