बेलायती प्रधानमन्त्री बोरिसलाई आईसीयूबाट निकालियो, स्वास्थ्यमा उलेख्य सुधार

एजेन्सी, २८ चैत । कोराेना संक्रमणपछि १० दिनसम्म आइसोलेशनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन खतरामुक्त भएका छन् ।

कोरोना भाइरसका कारण उच्च ज्वरो आएसँगै स्वास्थ्य अवस्था ग’म्भीर भएपछि उनलाइ आइईसीयूमा राखेर उपचार गरिएका थियाे । ५ दिनको उपचारपछि भने उनकाे स्वास्थ्यमा सुधार भएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

हाल उनलाई आईसीयूबाट बाहिर निकालिएको छ । यद्यपि उनलाई अझै केही दिन अस्पतालमै राखेर थप उपचार गरिने बताइएको छ ।

५ मार्चमा अस्पताल भर्ना भएका प्रधानमन्त्री जोन्सनलाई ६ मार्चमा आईसीयूमा राखिएको थियो । प्रधानमन्त्री जोन्सनको सेन्ट थोमस अस्पतालमा उनको उपचार भइरहेका छ ।