समाचार डिलेट गरेको स्वीकार गर्दै सिरान टेक्नोलोजिजले माग्यो माफी (विज्ञप्ति सहित)

काठमाडौं,२१ चैत । काठमाडौं प्रेस अनलाइनको समाचार प्राविधिक त्रुटिका कारण डिलिट भएको स्वीकार गर्दै सिरान टेक्नोलोजिजले माफी मागेको छ । भुलबस समाचार डिलेट भएको र पछि पुन: समाचार उस्तै ‘रि-स्टोर’ गरेको जानकारीसमेत दिएको छ ।

बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकामा माफी मागेको हो ।

उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सम्पादक परियार र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच समाचारका विषयमा सम्वाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युजपोर्टलबाट उक्त समाचार हटाइएको छानबिनका क्रममा पाइयो ।

हेर्नुहोस यस्तो छ विज्ञप्ति: