गरे के हुन्न : चितवनमा ७२ घण्टाभित्रै निर्माण सपन्न भइ सञ्चालनमा आयो ७० शैयाको अस्पताल ! (फोटोफिचर)


भरतपुर, ७ चैत । चितवनमा तयार पारिएको ७० शैयाको ‘कोरोना विशेष अस्थाई अस्पताल’ शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । उक्त अस्पताल ७२ घण्टाभित्र निर्माण सम्पन्न भएर पनि संचालनमा ल्याइएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका अनुसार अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन् ।

भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीनटा भवनमा अस्पताल स्थापना गरिएको हो । अस्पताल सञ्चालनको जिम्मा भने महानगरले लिएको छ ।

अस्पताल तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सर्वसाधरण समेत गरेर १ सय ५० जना जनशक्ति खटिएका थिए ।

‘७२ घण्टाको समयसीमा तोकेपछि काम सक्न एकदमै प्रेसर भयो । सबैले उतिकै साथ दिएपछि भने अनुसार काम भयो,’ मेयर दाहालले भनिन् ।

हेर्नुस् तस्बिर:

प्रतिक्रिया दिनुहोस
Advertisement