कोरोना भाइरसबाट पहिलाेपटक भारतमा ७६ वर्षीय वृद्धको नि’धन, ५७ जना सं’क्रमित

एजेन्सी, ३० फागुन । कोरोना भाइरसका (कोभिड–१९) कारण भारतमा पनि एक जनाको मृ’त्यु भएको छ । भारतिय सञ्चारमाध्यका अनुसार भारतको कर्नाटक कालबुर्गीमा काेराेना भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृ’त्यु भएको हो । कर्नाटक राज्य सरकारले उनको मृ’त्यु भएको पुष्टि गरेको छ ।

हिन्दी बीबीसीको अनुसार उनी साउदी अरबबाट हालै भारत फर्किका थिए । भारतमा कोरोना भाइरसको सं’क्रमणबाट मृ’त्यु भएको यो पहिलो घट’ना हो ।

ती व्यक्तीको कोरोनाका कारण मृ’त्यु भएको पुष्टि भएपछि सरकारले उनी को–कोसँग सम्पर्कमा थिए भन्नेबारे अनुसन्धान गरिरहेको छ । उनीसँग सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्न थालेको छ ।

उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ ।

भारतको केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेको थियो ।

भारतमा ५७ जनामा कोरोनको सं क्रमण देखिएको छ ।