पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना, ५ वर्ष कै’द

काठमाडाैं, ३० फागुन । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ ।

उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कै’द हुनेसमेत ठहर गरेको छ । विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कै’द हुने फैसला गरेको समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।