नेपालीलाई कतारमा प्रतिबन्ध !

दोहा, २६ फागुन । खाडी मुलुक कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामकालागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले प्रतिबन्ध लगाएको गल्फ टाइम्सले जनाएको छ ।

कतार सरकारले आइतबार एक सुचना जारी गर्दै नेपालसहित १४ देशहरु चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।

कोरोना भाइरसको सं’क्रमणबाट सोमबार बिहानसम्म कतारमा ३ जना आप्रवासी कामदारसहित १५ जना सं क्रमित भएका छन् ।