४ तस्बिरमा हेर्नुहोस् डा शिवमाया तुम्बाहाम्फेको शपथ


काठमाडौं, ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हालेकी छन् ।

सोमबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्री तुम्बाहाङ्फेले सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार सम्हालेकी हुन् ।

हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

उपसभामुखबाट राजीनामा दिनुभन्दा पहिला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई मन्त्री बनाउने वचन दिएका थिए ।

मन्त्री बनाउने भएपछि दुई अध्यक्षले उनलाई उपसभामुखका हैसियतले बस्दै आएको सरकारी निवास नछाड्न समेत भनेका थिए । दुई अध्यक्षको सोही आग्रहका कारण राजीनामापछि पनि उपसभामुख बस्दै आएको निवास बसिरहेकी थिइन् ।

आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूमाथि तात्कालीन सभामुख कृष्ण बहादुर महराले यौन उत्पीडन गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिनुपरेको थियो ।

सभामुख र उप-सभामुखमा एकै दलका व्यक्ति बहाली हुन नपाउने संवैधानिक व्यवस्थाका कारण दुई अध्यक्षले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिएर पार्टीलाई सहयोग पुर्‍याउन आग्रह गरेका थिए ।

सपथको तस्विरहरु-

प्रतिक्रिया दिनुहोस
Advertisement