५० बर्षिय श्रीमानले अाफ्नै ३८ बर्षिया श्रीमतीलाई बन्चरोले हानेर यस्तो बनाए (भिडियो हेर्नुहोस)

पुनर्वास, पाैष २६ । कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिकाका एक ब्यक्तिले अाज बन्चराे प्रहार गरि अाफ्नै श्रीमतीकाे खुट्टा भाँचिदिएका छन। पुनर्वास-४ का रामबहादुर नेपालीले आफ्नै श्रीमति रीता नेपालीलाई आज बिहान १०:३० बजेतिर बन्चरो प्रहार गरि सख्त घाइते बनाएका छन । ५० बर्षिय राम नेपालीले अाफ्नै श्रीमती ३८ बर्षिया रीता नेपालीकाे खुट्टा भाँचिदिएका हुन।

खुट्टामा प्रहार गरि श्रीमतिलाई घाइते बनाएपछि श्रीमान रामबहादुर नेपाली पुनर्वासको अस्थायी प्रहरी पोष्टमा आत्मसमर्पण गर्न गएका थिए । अहिले घाइते रिता नेपालीको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनिकमा उपचार भईरहेको छ भने दोषी रामबहादुरलाई ईलाका प्रहरी कार्यालय,त्रिभुवन बस्तीमा पठाईएको अस्थायी प्रहरी पोष्ट आईविआरडीका असई दान बहादुर साउदले जानकारी दिनुभएको छ । हेर्नुस भिडियो ।

बालबच्चाकाे विद्यालयकाे शुल्क तिर्न र अलिकति घर खर्चका लागी लाल पुर्जा धिताे राखि बैँकबाट ऋण निकालाैँ भनेर सल्लाह गर्न खाेज्दा अाफुमाथी साँघातिक अाक्रमण गरेकाे पिडित रीताले बताईन। घरमा रहेकाे बन्चराे उल्टाे पारेर अाफु माथी निर्घात कुटपीट गरि घाईते बनाएकाे बताईन।

अाईबिअारडी स्थित पुनर्वास पाेलिक्लिनिकमा उपचार सम्भव नभए पछि उपचारका लागि धनगढी रिफर गरिएकाे पुनर्वास पाेलिक्लिनिकले जनाएकाे छ। बन्चराे प्रहार गर्ने राम बहादुर नेपाली ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीकाे नियन्त्रणमा रहेकाे प्रहरी निरिक्षक कर्ण बहादुर बमले बताए। हेर्नुस भिडियो ।