८० वर्षीय शुक्र बहादुर चेपाङ २० वर्षदेखि तुइन तान्दा तान्दै हातका औलाहरु खीएर बांगिए…मन थामेर हेर्नुहोस (भिडियो)

धादिङ । धादिङ चराैंदीका ८० वर्षीय शुक्र बहादुर चेपाङ २० वर्षदेखि तुइनमा तान्दै जीवन गुजारा गरिरहेका छन्। तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।

२० वर्षदेखि तुइन तान्दा तान्दा शुक्र बहादुर चेपाङका हातका औलाहरु खीएर बांगिएका छन् । उनको तुइनको घिर्नीले च्यापेर चेपाङका हातका दशवटै औँला बांगिएका छन् । तुइनमा वरिपरी गर्न प्रति व्यक्ति १० रुपैया लिन्छन तर कसैले त्यति पैसा पनि दिदैन भनेर गुनासो सम्म गरे। अब त्यहाँ नजिकै झोलुंगे पुल पनि निर्माण  हुदै छ । तर उनलाई गास बासको व्यवस्था गरिदिनु पर्छ भन्दै अनुरोध गरेका छन् ।