तपस्वी रामबहादुर बमजनको आश्रम : खाल्डो भित्रैबाट खुल्यो नयाँ रहस्य, डराएका आनीहरुले गरे सनसनीपूर्ण खुलासा (हेर्नुहोस् भिडियो)

काठमाडौँ । तपस्वी राम बहादुर बमजनको सिन्धुपाल्चोकमा हरेको आश्रममा अस्वभाविक गतिबिधी भएको प्रहरीले आशंका गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकामा रहेको उनको आश्रममा भएका गतिबिधी अप्राकृतिक भएको प्रहरीले आशंका गरेको हो ।

प्रहरीले आश्रमबाट बरामद भएका बस्तु र त्यहाँको अवस्थामा अनुसन्धान गरिरहेको पनि बताएको छ । ८० रोपनी क्षेत्रपलmलमा रहेको राम बहादुर बमजनको आश्रममा उत्खनन् गरी प्रहरीले केहि नुनका प्याकेट र आगोको कोईलाको नमुना लगेको छ । नमुनको परिक्षण गरेपछि थप रहस्य खुल्ने प्रहरीको भनाई छ ।

तर बमजनको आश्रममले सबै आरोप अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले राम बहादुर बमजन, उनको आश्रम र त्यहाँबाट प्रप्ता भएको तथ्यका बारेमा अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले अनुसन्धान गहिरो रुपमा हुने बताएका छन् । लामो समयदेखि तपस्यामा बसेको भनी चर्चामा आएका युवा राम बहादुर बमजनको चर्चा थप चुलिंदै गएको छ । उनीमाथी बलात्कार जस्तो जघन्य आरोप लागेपछि उनको चर्चा थप चुलिंदै गएको हो ।

उनी आज भन्दा करिब १४ बर्ष अगाडी बाराको हलखोरिया जंगलमा तपस्यामा बसेपछि चर्चित भएका थिए । उनीमाथी रौतहटकी एक युवतीले बलात्कारको आरोप लगाएकी हुन् । उनको आश्रममा बस्दै आएकी रौतहटकी गंगा मायाले राम बहादुर बमजनले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।

उनी राम बहादुर बमजनकै आश्रममा बस्दै आएकी थिइन् । उनले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरी बमजनले आफुमाथी बलात्कार गरेको आरोप लगाएपछि बमजन आलोचित हुँदै गएका छन् । बमजनमाथी बलात्कार मात्रै नभएर हत्या, अकुत सम्पत्ति जम्मा गरेको र हातहतियार समेत राखेको आरोप लागि रहेको छ । भिडियो हेर्नुहोस ।

०००

यो पनि हेर्नुहोस :

तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा सांसद कोमल ओलीको आपत्ति

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरे ।

सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराए । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उहाँले आपत्ति प्रकट गरे ।

बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पु¥याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराए । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद चक्रप्रसाद स्नेहीले डडेलुधरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आगलागीका कारण रु डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे।

०००

यो पनि हेर्नुहोस :

‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको आश्रमबाट महात्मा गुरु पक्राउ,बम्जन बस्दै आएका सिन्धुली पुग्यो प्रहरी टोलि

सिन्धुली, २६ पुस। बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताउनुभयो । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन ।

यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप भिरपानी घर भएका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछ पछि स्थलगत अवलोकन गरेको थियो ।

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उहाँका अनुयायीले बताएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहनुभएकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो । बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित बनेको छ ।

सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरे पनि कुनै पनि जानकारी दिएको छैन । बम्जन आश्रममा पुग्नुभएका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताउनुभयो । “हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौँ”, उहाँले भन्नुभयो । रासस