९० को दशकका सुपरस्टार अझै कमाउँछन् १०० करोड, के हो खास कारण ?

एजेन्सी, २७ पुस । बलिउडका सुपरस्टार सुनिल शेट्टी, जो ९० को दशकमा खुब हिट भए । उनका अघि ठूला–ठूला स्टार पनि फिक्का लाग्थे । उनि जुन रोलमा देखिन्थे, सुपरस्टार हुन्थे । उनी अहिले फिल्म देखि टाढा छन् । तर, स्टारडमको कुरा गर्ने हो भने अहिले चलेका स्टारको भन्दा कम छैन ।

केही समय अघि उनी आफ्ना तस्विरका कारण भाइरल भएका थिए । जुन तस्विरमा उनी बडी बनाउँदै गरेको देखिएका थिए । सुनिल सफल अभिनेता मात्रै होइनन्, सफल बिजनेशम्यान समेत हुन् । उनको कारोबार यती धेरै छ की उनले हरेक बर्ष १०० करोड बढी कमाउँछन् । उनी फिल्म भन्दा टाढा रहेर पनि कुनै ब्लकबस्टर स्टार भन्दा कम छैनन् ।

भारतीय मिडियाअनुसार उनी १२ बर्षपछि फिल्म ‘भागमभाग’को सिक्वेलमा चाँडै देखिने भएका छन् । सुनिल र प्रियदर्शन फिल्मको सिक्वेल बनाउने योजनामा छन् ।