‘चौका दाउ’ भर्सेस ‘भिलेन’: कसले मार्ला बाजी ?

काठमाडौं, २७ पुस । नेपाली चलचित्र रिलिज हुने ट्रेन्डलाई पछ्याउँदै आज शुक्रबार नेपालका सिनेमा हलमा २ चलचित्र एक साथ् प्रदर्शन हुँदै छन् ।

आज शुक्रबार पूर्णेन्दु झाको निर्देशन रहेको ‘चौका दाउ’ र कपिल खत्रीको निर्माण रहेको ‘भिलेन’ एकसाथ प्रदर्शनमा आउने भएका हुन् ।

चौका दाउ’ कमेडी जनरामा बनेको चलचित्र हो । जसमा नेपाली चलचित्रका चर्चित कमेडी कलाकार सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, रवीन्द्र झा, श्याम राई, निर्मल शर्मालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा वर्षा राउत र अजश्र ढुंगानाको मुख्य भूमिका रहेको छ ।

वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको कथा र संगीत रहेको ‘चौका दाउ’ सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ ।

यस्तै, आज शुक्रबार एक्सन प्रधान ‘भिलेन’ रिलिज भएको छ । चलचित्रमा निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

चार वर्षअघि निर्माण भएको चलचित्र बल्ल प्रदर्शनमा आएको हो । कपिल खत्रीको निर्माण रहेको चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । ‘भिलेन’ सिंगल स्क्रिन थिएटर टार्गेट गरेको छ ।