महन्थ ठाकुरले एक बर्षसम्म गर्न नसकेको काम राजेन्द्र महतोले डेढमहिनाभित्र गरेर देखाए ! आखिर के हो त्यस्तो काम ?

काठमाडौं, २७ पुस । राष्ट्रिय जनता पार्टी नेपालको दोस्रो वरीयताका नेता राजेन्द्र महतो राजपा नेपालको संयोजक बनेपछि संगठन सुदृढीकरणले तिब्रता लिएको छ ।

महन्थ ठाकुर संयोजकबाट हटेपछि राजपा नेपालले सांगठनिक गतिविधिहरूमा तिब्रता ल्याएको हो ।

टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशमलाल चौधरीलाई सांसद पदको सपथ गराएपछि पार्टीभित्र महतोको लोकप्रियता बढेको छ । एक वर्षदेखि महन्थ ठाकुरले गर्न नकसेको कामलाई महतोले डेढमहिनाभित्र गरेर देखाइदिएका थिए ।

महतोले राजपा नेपालको अध्यक्षमण्डका छ अध्यक्षमध्ये आफूसहित चारजनालाई समर्थनमा राखेका छन् । ठाकुरलाई अनिलकुमार झाले मात्रै साथ दिएका छन् ।

राजपा नेपालको संयोजक पदको जिम्मेवारी माघ ५ गते महतोले छाड्नुपर्ने हुन्छ । यद्यपि, ठाकुरका कारण शुरुवाती दिनमा पूरा समय काम गर्न नपाएका महतोले दुई–चार हप्ता आफ्नो कार्यकाल बढाउने स्रोले जनाएको छ ।

महतोपछि राजपा नेपालको संयोजक बन्ने पालो महिन्द्र राय यादवको आउनेछ ।