बन्दक बनाईएको भनेर हल्ला आइरहेको बेला चर्चित गायिका बिष्णु माझीको आयो अर्को सबैलाई रुवाउने गित, हेर्नुहोस् भिडियो

काठमाडौँ । जापानमा रहेर पनि नेपाली गित संगितमा दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको आवाज रहेको नयाँ गित अबकास भर्खर मात्र सार्वजनिक भएको छ ।

विष्णु माझी र सुर्य खड्काको आवाज रहेको सो गित हेर्दै जाँदा कतिवेला आँसु आउछ थाहानै हुँदैन । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गितले विषयबस्तु बनाएको छ । गितको सम्पुर्ण पक्ष प्रशंसा गर्न लाएक छ ।

इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन । दिपेश घिमीरे र सारिका के.सीले गितमा निकै उत्कृष्ट अभिनय गरेका छन ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै खड्काले आफुलाई यो गित अत्यन्तै मन परेको बताउदै गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गितको पुरै म्युजिक भिडियो हेर्नुहोस ।

०००

यो पनि हेर्नुहोस :

चर्चित लोकगायिका विष्णु माझीसंग चौकीमै कुराकानी गरेका स्याङ्जाका एसपी राजकुमार लम्सालले गरे सनसनीपूर्ण खुलासा (अडियो सहित)

काठमाडौँ । प्रख्यात लोकगायिका विष्णु माझी आइतबार स्याङजाको सीडीओ कार्यालयमा श्रीमान सुन्दरमणि अधिकारीसहित पुगिन् । उनले सँधैझैं पछ्यौरी र मास्कले अनुहार ढाकेकी थिइन् । विष्णु माझी लामो समयदेखि ‘गुप्तवासमा’ रहेको विषयमा मिडियामा आएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाले चासो दिएका थिए । सुन्दरमणि र विष्णु गाउँमा आएपछि उनले भेटघाटका लागि डाकेका थिए । भेटघाटमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजकुमार लम्साल पनि सहभागी थिए । लम्सालले विष्णु कुनै परिबन्दमा परेर सार्वजनिक हुन नसकेकी हुन् कि भन्ने आशंकाले प्रशासनमा बोलाएर कुराकानी गरिएको बताए । हेर्नुहोस भिडियो :

०००

यो पनि हेर्नुहोस :

यो कस्तो बज्रपात ! बिहे गरेको एक बर्षमै कृष्णको २ हात र १ खुट्टा काटियो, लाखौ ऋण छम, श्रीमतीलाई अर्कैसँग बिहे गरेर जाऊ भन्छन आफन्तहरु (भिडियो)

काठमाडौं। सानैमा जीम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए । इलेक्ट्रिक सब इन्जिनियर पढेका रुकुम सिम्लिका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवनसंगिनीलाई स्टाफ नर्स पढाउने । कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्कोदिन निकै दुखद बनेर आयो ।

उनि दाङको तुल्सिपुरमा विद्युत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिद्युत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे । ११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो ।
अर्कैको गल्तिको शिकार भए उनि । साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो । लाग्ने बित्तिकै भुईमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।

लखनउमा लामो उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि उनि निको त भए तर अपशोच ! उनका दुवै हात र एउटा खुट्टा काट्नु पर्ने भयो । आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा छैन अर्काको साहारामा बाँच्नु परेको छ । उपचार गर्न नै ५० लाख बढी लागी सकेको र सबै ऋण काढेर खर्च गरेको उनकी श्रीमती रुपाले सिधान्युजसंग कुरा गर्दै बताईन । ४०-५० लाख ऋण छ, ५० लाख भन्दा बढी हात खुट्टा राख्नलाई लाग्ने डाक्टरहरु बताउछन । घरमा भएको जायजेथा सबै सकिसक्यो भन्दै रुपाले सबैसँग सहयोगको अपेक्षा गरेकी छिन । २१ वर्षको कलिलो युवा जसले आफ्ना सपनाहरु आज बेडमा आफ्नो आर्ध ज्यान सँग सुताई रहेको छ ।

बुबा झुपलाल अाेलि र आमा जानकी केसिका दुई छोरा मध्यका कान्छा छोरा कृष्ण सानैदेखि पारिवारिक मायाबाट टाढा भए कृष्णका बुबाले वास्ता नगरेपछि सानैदेखि बुबाको माया पाएनन ।बुबाको अहिले सम्म अत्तोपत्तो छैन । छोराको त्यो हालत भएपछि भेट्न जान्छु भन्दै घरबाट निस्केका बुबाको बेखबर छ । कृष्णका दाईले जेनतेन पैसा काढेर भाईलाई त बचाए अब थप उपचार गर्ने खर्च छैन । न पैसा कार्ने ठाउँ छ न आउँने ठाउँ न बेच्नलाई जग्गाजमिन ।

देश तथा विदेशमा हुने मनाकारी नेपालीहरुले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर 0770503165205001 मा जम्मा गर्दिएर सहयोग गर्नुहोला । सके सहयोग गरौँ नसके सेयर गरौँ ।

०००

यो पनि हेर्नुहोस :

जनवरी १ देखि विदेशबाट आउनेहरुले तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गरिदै

काठमाडौँ, २२ पुस । केहि बढी समान भए पनि सहुलियत दिइँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट फर्किनेले ल्याउने सामानमा जनवरीबाट कडाई गरिएको छ। जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालिएको सेतोपाटीमा खबर छ।

बैदेशिक रोजागरीमा जाने वा अध्ययनको लागी विदेश जाने नेपालीहरु विदेशबाट आउने बेला खासगरी इलेक्ट्रोनिक्सका सामान र मदिरा ल्याउने गर्दछन । यस अघि केहि सहुलियत भए पनि अब १ लिटरभन्दा बढी मदिरा ल्याएमा जफत हुने भएको छ। ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक एक थान ल्याउन पाउने व्यवस्था छ। जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन।

ऐनअनुरुप १ लिटरभन्दा बढी ल्याउन नपाउने व्यवस्था रहे पनि यसअघि २ वटासम्म ल्याउन छुट दिइएको थियो। ऐनमा उल्लेख भएका कुरा थाहा नहुनेलाई यसअघि केही सामानमा छुट दिइए पनि अब छुट नरहेको एक उच्च अधिकारीले बताए। ‘अब कसैले पनि थाहा थिएन भनेर कुनै पनि सामान तोकिएभन्दा बढी ल्याउन पाउँदैन, ल्याएमा जफत हुन्छ’ उनले भने।

त्यस्तै विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ।

जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ।

म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ। पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट छ। डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ।

त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री ९आइरन०, राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।

यस बाहेक १० किलोग्रामसम्म खाद्य परिकार ल्याउन पाइने छ। कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु ९सवारी साधन बाहेक० स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।

०००

यो पनि हेर्नुहोस :

बेपत्ता दुइ आनीहरु बम्जन कै आश्रममा रहेको प्रमाण प्रहरीले फेला पार्यो (फोटो)

काठमाडौँ । यत्ति बेला एक प्रहरीको टोलि लिटिल बुद्द भनेर चिनिने तपस्वी राम बहादुर बम्जनको सिन्घुपाल्चोक स्थित बाँडेगाउँ आश्रममा अनुसन्धानमा जुटी रहेको छ । यसै क्रममा प्रहरीले खोजी गरिरहेका दुई आनी बेपत्ता हुनुअघि तपस्वी भनिएका रामबहादुर बमजनसँगै देखिएको प्रमाण प्रहरीले फेला पारेको समाचार नेपालखबरले लेखेको छ।

नुवाकोटकी चुन्मा भनिने चिनिमायाँ तामाङ र मकवानपुरकी फुलमाया रुम्बा पाँच वर्षअघि बमजनसँगै उभिएको फोटो पनि प्रहरीले भेटेको छ। उनीहरु दुबैजना सिन्धुपाल्चोकस्थित बाँडेगाउँ आश्रममा बमजनसँगै देखिएका थिए। प्रहरीका एकजना उच्च अधिकारीका अनुसार चिनिमायाँ र फुलमाया बमजनको सिन्धुपाल्चोक र म्याग्दी यात्राको समयमा सँगै देखिएका थिए। दुबैजना २०७० को कार्तिक र फागुनमा बाँडेगाउँ आश्रममा देखिएका थिए।

प्रहरीले बमजनको सिन्धुपाल्चोक र सिन्धुली आश्रममा पछिल्ला पाँचदिनदेखि छानविन गरिरहेको छ। ‘उनीहरूलाई बेपत्ता बनाइएकोे भन्ने परिवारका सदस्यको निवेदनमा उल्लेख भएकै समय आसपासमा दुई युवती बमजनसँगै देखिएका छन्,’ प्रहरीका उच्च अधिकारीले नेपालखबरसँग भने, ‘हामी विस्तृत विवरण संकलन गरिरहेका छौं।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सिन्धुपाल्चोक आश्रमबाट फुलमाया रुम्बा पासाङ हराएको भन्दै खोजिदिन भाई विजय रुम्बाले निवेदन दिएका छन्। उनको निवेदनमा भनिएको छ, ‘करिब १० वर्षअघि नेवारपानी आश्रममा आनी बन्न जानुभएकी दिदी २०६८ मा बारा र त्यसपछि सिन्धुपाल्चोक जानु भएको थियो, २०७१ माघदेखि अत्तोपत्तो छैन।’

विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको उल्लेख छ। फुलमायाले त्यसबेला विजय बाहेक छरछिमेकीसँग समेत कुरा गरेकी थिइन। लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिंडेको जवाफ दिँदै आएको छ।

यस्तै नुवाकोट प्रहरीमा परेको निवेदनमा ‘घर आएकी फुलमाया सिन्धुली आश्रम जान्छु’ भनेर हिँडेको उल्लेख छ। नुवाकोट मेघान गाँउपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन। चुन्मा र कर्माको नामले चिनिने उनी तपस्वी बमजनको आश्रममा आनी थिइन। नुवाकोट प्रहरीमा दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी हुन्।

यी दुईसँगै मकवानपुरका सञ्चलाल वाईबा र बाराका सुरेश आलेमगर पनि बमजनकै आश्रमबाट हराएको भन्दै खोजीदिन प्रहरीमा निवेदन परेको छ।

डिएसपीको कमाण्डमा ४५ प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले डिएसपीको कमाण्डमा ४५ प्रहरी परिचालन गरी बमजनको बाँडेगाउँ आश्रममा छानविन गरिरहेको छ। सदरमुकाम चौताराबाट ५ घण्टा टाढा रहेको आश्रममा प्रहरी टोलीले तीन दिनदेखि सोधपुछ र खोजी गरिरहेको हो।

सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले हराएका व्यक्तिको खोजी जारी रहेको बताउँदै केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली भने फिर्ता भएको जनाए।

‘हामीले आवश्यक सोधपुछ र खोजी जारी राखेका छौं,’ एसपी मरासिनीले भने ‘केही शंकास्पद वस्तु फेला परेका छन्।’

सिन्धुपाल्चोक प्रहरीले ८० रोपनी क्षेत्रफलमा फैलिएको बाँडेगाउँ आश्रमका साथै आसपासको ५ सय मिटर क्षेत्रफलमा खोजी गरिरहेको हो।

बमजनको आश्रमबाट २०६९ देखि २०७२ बिचमा चारजना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ। बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन्।

शव उत्खन्नमा सहयोगी कुकुर तयारी अवस्थामा

प्रहरीले बमजनको आश्रमबाट हराएका व्यक्तिको खोजीका लागि तालिमप्राप्त कुकुर प्रयोग गर्ने भएको छ। केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलले ‘सर्च एण्ड रेस्कयु’ मा प्रयोग हुने कुकुर तयारी अवस्थामा राखेको हो।

स्कुलकी प्रमुख एसएसपी देउती गुरुङले प्रहरीसँग वर्षौं पुरानो शव उत्खन्नमा सहयोगी भएका कुकुर तयारी अवस्थामा राखेको बताइन। उनका अनुसार यी तालिम प्राप्त कुकुरले हराएका व्यक्तिको नङ, कपाल र कपडा सुँघेर गाडेको शव पत्ता लगाउन सक्छन्।

‘अहिलेसम्म कुकुरको प्रयोग गरिएको छैन,’ एसएसपी गुरुङले भनिन्, ‘हामीसँग माग हुनासाथ खटाउन तयारी अवस्थामा राखखेका छौं।’

गुरुङका अनुसार यी कुकुरहरुले यस्ता घटनाको यसअघि समेत अनुसन्धानमा सघाएका सफल उदाहरण छन्।

सिन्धुपाल्चोक प्रहरीले आवश्यक प्रारम्भिक अनुसन्धानपछि मात्र उपकरण मगाउने तयारी गरिरहेको छ। शनिबारको खोजमा केही शंकास्पद वस्तु फेला पारेको प्रहरीले त्यसको परिक्षणपछि मात्र थप अनुसन्धान उपकरण मगाउने तयारी गरेको छ।

‘हामीले केही स्थानमा शंकास्पद वस्तु फेला पारेका छौं,’ एसपी मरासिनीले भने ‘त्यसको परिक्षणपछि अनुसन्धानमा आवश्यक साधन, स्रोत र उपकरण प्रयोगमा ल्याउने छौं।’

उता सिन्धुलीको सिलामेस्थित आश्रममा रहेका रामबहादुर बमजन प्रहरी निगरानीमै छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आश्रमलाई निगरानीमा राख्ने क्रममा त्यहाँ बसेका र आउनेजाने व्यक्तिको विवरण राख्न थालेको छ।

बिबादास्पद बमजनका बारा, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरमा आश्रम रहेका छन्।