समकक्षी स्वराजबीच भेटवार्ता, भेटमा द्विपक्षीय हितका विषयमा छलफल

नयाँ दिल्ली – बिहीबार बिहान दिल्ली आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिउँसो भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

मन्त्री ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन दिल्ली पुगेका हुन्। यस संस्करणको मन्त्री स्तरीय सत्रलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस अघि उनले भारतीय समकक्षी स्वराजसँग भेट गरेका हुन्।

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो साथै विगतमा भएका सम्झौतामध्ये कार्यान्वयनमा जान नसकेका विषयमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराएका छन्।