प्रहरी भन्छ – चिसोले कठ्यांग्रिएर काठमाडौंमा मात्रै दैनिक ६ को मृत्यु !

काठमाडौँ, २७ पुस । बढ्दो चिसोका कारण काठमाडौंमा दैनिक ६ जनाको मृत्यु हुने गरेको छ ।

विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धाहरुको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपास सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।