अब घर घरमा जम्मा भएको कुहिने फोहोर महानगरले किन्ने !

ललितपुर, २७ पुस । ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेको छ ।

महानगर, ३ वडाले वडावासीलाई यस बारेमा सूसुचित गराउन घरदैलो अभियान थालेको हो ।

यसरी महानगरले कुहिने फोहोर किन्ने घोषणा गरेपछि पुल्चोक लाछी टोलमा बस्ने होटेल ब्याबसायी काभ्रेका काइला तामाङ खुशी भएका छन् । यस्तै पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग संचालन भएमा अरुको फोहोरसमेत समेट्न जान हुन्छन् ।’ उनले जनप्रतिनिधिले फोहोरमैला व्ववस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नु पर्ने बताए ।

महानगरको यो अभियानलाई स्थानीयबासीले स्वागत गरेका छन् । उनीहरु भन्छन्, ‘घोषणा भाषणमा मात्रै सीमित नहोस् ।’