विदेशबाट पैसा आउने छ ? आजको विनिमय दर यस्तो छ (सुचिसहित)

काठमाडौँ, २७ पुस । आज (शुक्रबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ९७ पैसा छ ।

युरोपियन डलर १ को खरिद दर १२९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८० रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रि दर ८१ रिपैयाँ १७ पैसा रहेको छ ।

त्यसैगरी, एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा छ । त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८६ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।

एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५७ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ९९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल हेर्म्नुहोस् ।