जाडोमा जोर्नीको दुखाईबाट छुटकारा पाउन अपनाउनुहोस् यी ५ उपायहरु

जाडोको समयमा धेरै चिसो हुने भएकोले जोर्नीको दुखाइको समस्या बढ्छ। हड्डी वा जोर्नीमा कुनै पनि किसिमको विकारको कारणले दुख्ने, सुन्निने जस्ता समस्या हुन्छ। जोर्नीमा दुखाइको अन्य कारण पनि हुन सक्छ, जस्तै जोर्नीमा यूरिक एसिड जम्मा हुनु। वंशाणुगत गुणका कारणले यो समस्या देखिन्छ भने कहिलेकाहिँ कमजोरीको कारणले गर्दा पनि यो समस्या देखिन्छ। दुखाइको कारणले काम गर्ने क्षमतामा निकै नकारात्मक प्रभाव पारेको हुन्छ । यो दुखाइ ती जोर्नीहरूमा बढी हुन्छ जुन जोर्नीमा मानिसहरु अधिक निर्भर हुन्छन्।

यो रोग के हो ?

जोर्निहरुको दुखाई र सुन्निनुका साथै यस रोगमा विभिन्न जोर्नीहरूको रचनामा भिन्नता आउछ र जोडीहरूको काममा बाधा आउछ। घुडा र कम्मर दुख्दा हिड्न पनि गाह्रो हुन्छ। जसको कारण चीनी, कोलेस्ट्रोल, रक्तचाप र अन्य रोगहरूमाबाट पिडित हुने गर्छन्।

जोर्नीहरूको दुखाइको कारण के हो
यो रोग आफ्नो क्षमताभन्दा बढी काम गर्ने र बस्न मनपराउने वा अल्छी मानिसहरुलाई जोर्नी दुख्ने समस्या हुन्छ । बासी खाना पच्न गार्हो हुने र चना, कुखुरा, मटर आदि अधिक मात्रामा सेवन गर्दा पनि जोर्नी दुख्छ। चिसो भएको ठाउँमा बस्नु, धेरै चिन्ता लिनु यसको मुख्य कारण हो। आयुर्वेदका अनुसार यस कारणले दुखाइको प्रमुख दोष प्रभावित हुन्छ। जसले चिसोको झिल्लिहरु बदल्लिन थाल्छ अर्थात झिल्ली कमजोर हुन थाल्छ। बाङ्गो टिङ्गो भएर बस्ने मान्छे, लामो समयसम्म एकै ठाउँमा बस्ने, कम्पुटर वा मोबाइलमा लागातार एउटै अवस्थामा काम गरीरहने जस्ता कार्यका कारण जाडोमा नकारात्मक असर पर्न जान्छ। हात, खुट्टा, घुडा र अन्य अङ्गहरू बाङ्गो र सुनिने हुन्छ। यसबाहेक, यूरीक एसिड बढ्नु जोर्नीको दुखाइको मुख्य कारणहरू पनि हो।

जोर्नीको दुखाईबाट बच्ने केहि प्राकृतिक उपाय:

जोर्नीको दुखाइबाट बच्नका लागि सधैँ तातो पानीले नुहाउने गर्नु पर्दछ।
कब्जित हुने खाना खानबाट टाढा रहनुहोस्।
फास्ट फूडको सेवन नगर्नुहोस् र फ्राइ फुडको कम सेवन गर्नुहोस्।
पाचन क्रियाको ठीक राख्नको लागि अमलाको धुलो प्रयोग गर्न सक्नुहुनेछ।
बिहान बेलुका १५ मिनेटसम्म तातो पानीमा खुट्टा दुबाउनुहोस् र ध्यान दिनुहोस् यस्तो गर्ने समयमा खुटामा हावा पसाउनु हुदैन।