जाडोमा यो खानेकुराको सेवन गर्नुहोस्

एजेन्सी ।  जाडो भन्नेवित्तिकै चिसोसँगै आउने रोगहरुपनि उत्तिकै छन् । जाडोमा शरिरलाई विशेष स्याहर भएन भने विभिन्न रोगहरु लाग्न सक्छन् । त्यसैले जाडोयाममा पनि तपाईंको स्वास्थ्य अवस्था चुस्त राख्न यी खानेकुराले महत्वपूर्ण भूमीका खेल्नसक्छन्ः

१ )ग्रीन—टी

ग्रिन—टी लाई एक शक्तिशाली एन्टीअक्सिडेन्ट मानिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कप ग्रीन—टी पिउनाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।

२)च्याउ

च्याउमा पनि पोषक एवं औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधात्मक क्षमताको प्रवद्र्धक मानिन्छ । च्याले चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन मद्दत गर्छ ।

३)गाजर

गाजरमा भिटामिन ए पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै यसमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । गाँजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ ।

४)मह

जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधि महलाई लिने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ ।

५)लसुन

लसुनलाई आयुर्वेदमा पनि राम्रो औषधिको रुपमा लिइन्छ । चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । कलेजोलाई विषरहीत बनाउने तथा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउन लसुनले सहयोग पुराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

यसका अलावा अदुवा, बदाम, भिटामिन सी प्रसस्त भएका कागती, सुन्तला लगायतका फलफुल पनि जाडाे यामका लागि उपयुक्त मानिन्छ ।