गर्दनको कालोपनलाई १५ मिनेटमै गोरो बनाउने सजिलो घरेलु विधि ! जानी राखौ

प्राय हामी अनुहारलाई गोरो बनाउन, दाग हटाउन जे विधि प्रयोग गर्न पनि तयार हुन्छ तर घाँटी, गर्दन वा हातखुट्टालाई गोरो बनाउने बारे धेरै सोंच्दैनौ। अनुहारका लागि महँगा ब्रान्डेड कस्मेटिक देखि घरेलु उपचार विधि सम्म अपनाउने हामीले घाँटी वा गर्दनलाई गोरो बनाउन त्यति प्राथमिकता वा ध्यान दिदैनौ।

यसको फलस्वरूप कुनै कार्यक्रममा जाँदा आफैं लज्जित हुनुपर्ने अवस्था सिर्जना हुन्छ किन की अनुहार सफा र चम्किलो तर घाँटी भने जत्ति पाउडर लगाए पनि कालै। यसरी घाँटी र अनुहारको कलर पुरै छुट्टिने हुँदा मानिसहरुको आँखा सुरुमै यस भागमा पर्न जान्छ।

यसकारण घाँटी वा गर्दनलाई पनि सफा गर्नु उत्तिकै जरुरि छ। किन की फेसको चमकले मात्र मानिसलाई आकर्षक र सुन्दर देखाउँदैन। आज हामी घाँटी वा गर्दनको भागलाई कसरी घरेलु उपायबाट १५ मिनेटमै गोरो बनाउन सकिन्छ भन्ने बारे बताउन गइरहेका छौँ।

चाहिने सामग्री: मन्जन (थोरै मात्र), एलोवेरा जेल (एक चम्चा)

बनाउने विधि: एक सफा कचौरामा थोरै मात्रामा मन्जन राख्ने। त्यसपछि यी दुई सामग्रीलाई १/२ मिनेटका लागि फिटेर मिसाउने। त्यसपछि पेस्ट तयार हुन्छ। अब एक कचौरा मन तातो पानी लिनुहोस् यसमा एक चम्चा नुन हाल्नुहोस् र मिसाउनु होस्।

लगाउने विधि: अब एउटा सानो सफा रुमाल लिनुहोस् र यसलाई नुन पानीमा चोपेर गर्दनमा ५ मिनेटका लागि मसाज गरे जसरी लगाउनु होस्। ५ मिनेट नुन पानीले मसाज गरे पछी सफा टावेलले पुछ्नुहोस्। यसपछि हामीले बनाएको मन्जन र एलोवेरा जेलको पेस्टलाई हातको औंलामा थोरै थोरै मात्रामा लिएर गर्दनमा लगाउनु होस्। लगाईसकेपछी १५ मिनेटका लागि यत्तिकै छोड्नुहोस्। १५ मिनेट पछी गर्दनलाई पखाल्नुहोस्। यस विधिलाई हप्ताको ३ पटक प्रयोग गर्नुहोस् जसले कालो गर्दनलाई छिट्टै गोरो बनाउन मद्धत गर्छ।