आजको राशिफल – वि.सं.२०७५ साल पौष २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ११ तारिख

वि.सं.२०७५ साल पौष २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ११ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि पञ्चमी,२३ घडी १६ पला,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त षष्ठी । योग वरियान,५४ घडि ४१ पला । करण वालव,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त कौलव । नक्षत्र पूर्वाभाद्रपदा,५६ घडी ३८ । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त मिन । पञ्चक । राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती -पृथ्वीनारायण शाह स्मृति दिवस।काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी ०९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुदाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेमको डोरो कसिलो हुँनेछ भने प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहनेछ । आफन्त तथा आमा सँग नचाहादा नचाहादै घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ ।

तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।