नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

काठमाडौं –  बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।