राजेश पायल राई र सुनिता थेगिमको स्वरमा आयो उत्कृष्ट गीत ‘माया हजुर’

काठमाडौ , पुस २५ । गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन , मनोज राईको सम्पादन , केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

‘माया हजुर ’ गीतको भिडियो हेर्नुहोस ।