विवेकशील साझा पार्टी ध्रुविकरणको बाटोमा : उज्वल थापा समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै नयाँ केन्द्रीय समिति विस्तार !

काठमाडौँ, २६ पुस । विवेकशील साझा पार्टीमा पनि नराम्ररी ध्रुवीकरण शुरु भएको छ । यतिबेला पूर्वविवेकशील (उज्वल थापा) समूह र रबिन्द्र मिश्र समूह एकापसमा बाँडिएका छन् ।

यसैको पछिल्लो उदाहरण हो, पूर्वविवेकशील (उज्वल थापा) समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गर्नु । पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन समेत गठन गरेको छ । संयोजन समितिको निर्णय अनुमोदन गर्न आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ तथा पुरुषतर्फ ल्यामबहादुर दर्जी र इसुजंग कार्कीलाई थप गरिएको छ ।