ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस कति पुग्यो ?

काठमाडौँ , २६ पुस । आज (बिहीबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ ४१ पैसाले बढेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४४ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ४ पैसा छ ।

युरोपियन डलर १ कको खरिद दर १२८ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रि दर १२९ रुपैयाँ ४१ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर ८० रुपैयाँ ९८ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १३ पैसा छ । त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८८ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४७ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४३ रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ८२ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल हेर्नुहोस् ।