लमजुङमा फेरी पनि ३ रेक्टर स्केलको भूकम्प गयो

लमजुङ, २६ पुस । लमजुङमा बुधबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर बुधबार साँझ ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प एकदम सानो र छोटो समय गएको हो । भूकम्प जाँदा बेसीशहरमा छोटो तर कडा झड्का महशुस भएको ढकालले जानकारी दिए ।खानी तथा भूगर्भ विभागका अनुसार बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ ।