बर्खास्त गरिएकी अस्ट्रेलियाकी पुर्व राजदूत लक्की शेर्पालाई ७ महिनादेखि सिआइबीले अनुसन्धानको घेरामा राखेको खुलासा

काठमाडाैँ, २६ पुस । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सात महिनादेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को अनुसन्धानको घेरामा रहेको कुरा खुल्न आएको छ ।

गत २ जेठमा सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पालाई सिआइबीको टोलीले पक्राउ गरेपछि उनले बयानका क्रममा राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन् । यहि बयानको आधारमा शेर्पालाई सिआइबीले अनुसन्धानको घेरामा राखेको हो ।

फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् । फुल्हमविरुद्ध ठगी आरोपमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको समेत मिलेमतो रहेको बताएकी थिइन् ।