के तपाई औषधि सेवन गर्दा रक्सि पिउनु हुन्छ ? यी औषधि सेवन गर्दा भुलेर पनि रक्सी नपिउनुहोस ! ज्यानै जान सक्छ

सबै भन्दा छिटो धुम्रपान र मध्यपानले स्वास्थ्यालाई हानि पुर्याउछ | हामी सचेत प्राणि भएर पनि रक्सि पिउने गरेका छौ | अल्कोहलको मात्र धेरै हुदा स्वास्थ्यमा हानी पुर्याउछ | त्यस्तै धुम्रपानले सुर्तीजन्य पदार्थले पनि स्वास्थ्यालाई उत्तिकै हानि पुर्याउछ | सुर्ती एक विष हो, एक मन्दविष जसले विस्तार विस्तार मानिसको ज्यान लिन्छ। रक्सी सेवनले बिशेष त कलेजो, मृगौला, मुटुको समस्याको साथसाथै विभिन्न अंगको क्यान्सर गराउन समेत भूमिका खेलीरहेको हुन्छ । हामीले कुनै औषधि सेवन गरिरहेको छौं भने रक्सी सेवन गर्दा विशेष विचार पुराउन जरुरी छ । रक्सीले विभिन्न औषधीको मेटाबोलिजम (टुक्राउने र शरीरबाट हटाउने) को प्रक्रियामा असर गर्छ । त्यसैले त्यो औषधिको प्रभाव शरीरमा बढ्ने वा घट्ने गर्छ ।

यी औषधिहरुसँगै रक्सी सेवन कहिले पनि नगर्नुहोस :-

१. एन्टीवायोटिकः आँउ र झाडापखालामा प्रयोग गरिने मेट्रोनिडाजोल (Metronidazole) संग रक्सी सेवन गर्नु हुदैन । यदि सेवन गरेमा वाकवाकी हुने, बान्ता हुने, टाउको दुख्ने,अनुहार रातो हुने, पसिना आउने लगायतका सहनै नसकिने लक्षणहरु देखा पर्न सक्छ । क्षयरोग विरुद्दको औषधि (Rifampicin, isoniazid), मलेरिया विरुद्दको औषधिसँग पनि रक्सी सेवन गर्नुहुँदैन ।

२. रगत जम्न नदिने औषधिः वार्फेरिन (warfarin) संग पनि रक्सी सेवन गर्न हुँदैन । साथै एस्पिरिन (Aspirin) सेवन गरिरहेको बिरामीले पनि रक्सी पिउनु हुँदैन । यदि यी औषधिहरुसंगै रक्सी सेवन गरेमा भित्री अंगहरुमा रक्तस्राव हुन सक्छ जसले भयानक दुर्घटना निम्त्याउन सक्छ ।

३. मुटु र उच्च रक्तचापको औषधिः मुटुका विरामी तथा उच्च रक्तचाप भएका विरामीहरुले रक्सी सेवन गर्नु आफै नै स्वास्थ्यको लागि हानिकारक हो । विरामीहरु जसले यी रोगका निम्ती Nitroglycerine, Hydralazine, Propanolol जस्ता औषधि सेवन गरिरहेका छन् उनीहरुले रक्सी सेवन गर्नु ठूलो गल्ती हुन् जान्छ । यसले रिंगटा लाग्ने, वेहोस हुने र ति औषधिहरुको प्रभाव घटाईदिने खालको समस्या निम्त्याउन सक्छन ।

४. मधुमेहको औषधिः मधुमेयको विरामीहरुले पनि रक्सी सेवन गर्नु हानिकारक हुन्छ । त्यदिगतबmष्मभ लगायतका अन्य सुगर कम गर्ने औषधि सेवन गर्दा रक्सी पिउनाले वाकवाकी लाग्ने, वान्ता हुने र रगतमा सुगरको मात्रा एक्कासी बढाउने गर्न सक्छ ।

५. दुखाइ कम गर्ने औषधि: यदी कसैले दुखाइ कम गर्ने औषधिहरु जस्तै Opiates सेवन गरिरहेका छन् भने त्यस्तो स्थितिमा रक्सी सेवन गर्नाले यी दुईको प्रभावले निन्द्रा लगाउने र शरीरमा औषधिको मात्रा बढाउने गर्छ । साथै, सिटामोल (Acetaminophen) सेवन गरिरहेको समयमा पनि भने रक्सी सेवन गर्दा कलेजोको समस्या निम्त्याउन सक्छ ।

६. मानसिक रोगका औषधि: उदासिनता र मानसिक चिन्तामा प्रयोग गरिने Anti-depressants र Anti-anxiety औषधिहरु प्रयोग गर्ने बिरामीले पनि रक्सी सेवन गर्नु हुदैन । साथै Benzodiazepine समुहका औषधिहरु जस्तै Diazepam, Lorazepam आदि प्रयोग गर्ने विरामीले रक्सी सेवन गरेमा स्वासप्रस्वास र दिमागमा असर गर्न सक्छ ।

७. छारे रोगका औषधिः छारे रोगको उपचारको निम्ति प्रयोग हुने औषधि जस्तै Phenytoin सेवन गर्दा रक्सी पिउनु हुदैन । यसले औषधिको नकारात्मक प्रभाव बढाईदिन्छ ।

८. ग्यास्ट्राइटिस र अल्सर: यी रोग भएका विरामीहरुले रक्सी सेवन गर्नु आफैमा हानिकारक हुन्छ । त्यसैले यसको औषधि खाइरहेका विरामीहरुले रक्सी सेवन गर्नु हुदैन ।