किन लगाईन् त यी युवतीले अनुहारमा आफ्नै रजश्वलाको रगत ? यस्तो छ रहस्य

अष्ट्रेलियाकी २६ वर्षीय एक युवतीले रजश्वला चक्रको बारेमा महिलाको शरीरको एक हिस्सा हो भन्ने संदेश सबै सामु साबित गर्न खोजेकी छिन्। प्राय: महिलाहरु आफु महिनावारी भएको कुरा मानिसहरुसँग भन्न लजाउछन्। अष्ट्रेलियाकी याजमिना जेदले समाजमा रहेका विभिन्न खाले मान्यताहरुलाई रोक्न प्रयास गरेकी छिन् । उनले आफु महिनावारीको रगत अनुहारमा लगाएर सेल्फी खिचिईन्। उक्त सेल्फी सामाजिक संजालमा पोष्ट गर्ने बित्तिकै धेरैले उनलाई मानसिक सन्तुलन बिग्रेको भन्दै कमेन्ट गरेका छन् । तर केहि मानिसले भने सकारात्मक सोच व्यक्त गरेका छन्।

अझै पनि समाजमा रजश्वलालाई नकारात्मक दृष्टिले हेर्ने र यसलाई कम गर्न याजमिनाले अपनाएको यो अनौठो उपायलाई कहिले प्रसंशा पनि गरेका छन् । साथै रजश्वलालाई लुकाउन आवश्यक नरहेको उनले बताएकी छिन्।