‘कफि वीद करण’ शो मा दिएको उत्तरका कारण भारतीय क्रिकेटर हार्दिक चौतर्फी आलोचित : बिसिसीआइले माग्यो स्पष्टिकरण, उनले खास के भनेका थिए ? (पुरा पढ्नुहोस्)

एजेन्सी, २५ पुस । भारतीय क्रिकेटर हार्दिक पाण्डे विवादस्पद अभिव्यक्तिका कारण संकटमा फसेका छन् ।

करण जौहरको च्याट शो ‘कफि वीद करण’मा सहभागी भएकाले उनले महिलामाथि प्रहार हुने गरि अभिव्यक्ति दिएका कारण विवादमा फसेका हुन् ।

उनको सो अभिव्यक्तिका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनीसँग स्पष्टीकरण माग गरेको छ ।

कार्यक्रममा एक प्रश्नको जवाफ दिँदै उनले धेरै युवतीसँग रात बिताएको खुलासा गरेका थिए । भने भर्जीनिटी गुमाएको विषयमा पनि आमाबाबुसँग कुरा हुने गरेको र भर्जीनिटी गुमाएपछि घरमा भनेको उनले बताएका थिए । साथै उनले युवतीलाई हेर्न आफुलाई निकै मन पर्ने बताएका थिए ।

क्रिकेटर लोकश राहुलसँगै सो कार्यक्रममा सहभागी भएका उनले महिलाको भावनामाथि ठेस पुग्ने गरि अभिव्यक्ति दिएको भन्दै सर्वत्र विरोध भएको छ ।
आलोचना बढेपछि उनले ट्वीटरमार्फत माफी पनि मागेका छन् ।

उनले शो को नेचरअनुसार आफु त्यसमा हराएकोले त्यस्तो कुरा गरेको बताएका छन् । साथै आफ्नो भनाइले कसैमाथि चोट परेको भए माफी दिन भनेका छन् ।

उता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हार्दिको भनाई लज्जाशपद भनी टिप्पणी गरेको छ । उसले यो विषयमा स्पष्टीकरण दिन दुबै जना क्रिकेटरलाई २४ घण्टाको समय दिएको छ ।

उनीहरुलेको स्पष्टीकरणपछि यो विषयमा बीसीसीआईले थप एक्शन गर्ने बताइएको छ । बीसीसीआईले कुनै पनि क्रिकेटरलाई यसप्रकारका शो मा जानबाट प्रतिबन्ध लगाउने तयारी गरेकोसमेत बताइएको छ ।