मलेसियाबाट फर्केका ८ जना युवाले खोले सिंहदरबार पूर्बी गेट अगाडि ‘सहयात्रा’ रेष्टुरेण्ट, युवा परिषद्का उपाध्यक्ष ढुंगेलले गरे उद्घाटन !

काठमाडौं, २५ पुस । लामो समय वैदेशिक रोजगारीमा काम गरेर फर्केका युवाहरुले राजधानीमा सामुहिक रुपमा रेष्टुरेण्ट संचालन गरेका छन् ।

उनीहरुले सामुहिक लगानीमा राजधानीको अनामनगर, सिंहदरबार पूर्बी गेट अगाडि ‘सहयात्रा’ नामक रेष्टुरेण्ट संचालन गरेका हुन् ।

हालै मलेसियाबाट फर्किएका युवाहरुले मलेसिया रिटर्नी समाज गठन गरी सोही समाजमा आवद्ध विनोद बस्नेत, उमेश खड्का, रामचन्द्र नेपाल, दिनेश खड्का, बुद्धि भट्टराइ, सुनिता लामा शाक्य, डोरबहादुर सुनारलगायत ८ जना मिलेर सुरु गरेको सो रेष्टुरेण्टको बुधवार युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले उद्घाटन गरे ।

ढुंगेलले वैदेशिक रोजगारबाट फर्केका युवाले यसरी स्वदेशमा नै उद्यम सुरु गर्नु सह्रानिय काम भएको बताए ।

करिव १० लाख रुपैयँको लगानीमा शुरु गरिएको सहयात्रा रेष्टुरेण्टले मध्यम वर्गीय उपभोक्ताहरुलाई लक्षित गरेको छ ।