खुसीको खबर – अब नेपालीले पनि २ लाख ३० हजार रुपैयाँ मै लक्जरी इटालीयन बाइक बेनेली चढ्न पाइने, २० हजार रुपैया मै बुकिङ खुल्यो

काठमाडौं, २५ पुस । इटालियन बाइक बेनेलीको सस्तो मोडल टीएनटी–१५० को प्रि–बुकिङ्ग नेपालमा पनि खुल्ला गरिएको छ । नेपालका लागी बेनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त बाइक भित्र्याउन लागेको हो ।

अन्य बाइकको तुलनामा अलि महँगो पर्ने बेनेली बाइकले सस्तो मोडल टीएनटी–१५० बजारमा ल्याएको छ । जसको बुकिङ्ग गर्न नेपाली ग्राहकले २० हजार रुपैयाँ तिरे पुग्नेछ । कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा सार्वजनिक गर्ने जनाएको छ । जसमा फ्युल इन्जेक्टेड र कार्बोरेटर भर्सनमा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपालीको आयस्रोत अनुसार डिजाइन गरिएको यस बाइक नेपाली बजारमा टीएनटी–१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ । कार्बोरेटर भर्सको मूल्य २ लाख ३० हजार र एफआइ भर्सनको मूल्य ३ लाख २० हाजर तोकिएको छ । इटालीयन चर्चित बाइक बेनेली टीएनटी–१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछन् ।

यसको आधिकारीक बिक्री यही जनवरीमा गर्ने केटीएम इन्टरनेशनलले जानकारी दिएको छ । मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । बेनेली टीएनटी–१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२।०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५(स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

टीएनटी–१५० बेनेलीको अहिले सम्म कै सस्तो मोडलको बाइक हो । – मेरोअटोको सहयोगमा