नेपाल–जापान वार्ता शुरु भएको छ

काठमाडौँ, २५ पुस | नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता शुरु भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी हुनुहुन्छ । रासस