गण्डकी प्रदेशमा माघ १ गते सार्बजनिक बिदा

पोखरा, २५ पुस । गण्डकी प्रदेशमा फेरी अर्को सार्बजनिक बिदा थपिएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा निर्णय गरेको छ ।

प्रदेश सरकारले थारु तथा मगर समुदायको महत्वपूर्ण पर्वलाई मध्यनजर गर्दै माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बसेको प्रदेशका मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताएका छन् ।

गण्डकी प्रदेश सरकारले तमुहरुको महान पर्व ल्होसारमा पनि सार्वजनिक बिदा दिएको थियो ।