सावधान : नङ टोक्ने मानिसलाई लाग्न सक्छ “पारोनाइसिया” नामक खतरा रोग ! ज्ञान बाढ्नुनै सबैभन्दा ठुलो धर्म हो त्यसैले १ सेयर गर्नुहोला

मानिसको प्राय सबैको एउटा एउटा बानि हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिसको नङ टोक्ने बानी खराब हो । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ ।शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो । नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरुःरक्तस्राबः नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

आन्द्रामा जुकाः

नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ सासको गन्धःधेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।मुखमा फोकायदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

शरीरमा केमिकलः
यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।नङ बांगिनेःबारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।छालाको सक्रमणःनङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ ।

यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।ब्याक्टेरियाको संक्रमणःसन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ ।

०००

यो पनि पढ्नुहोस :

गर्भनिरोधक चक्कीको सेवन गर्दा महिलालाई देखिन्छ यस्ता साइडइफेक्ट

काठमाडौँ । धेरै महिलाहरुले गर्भनिरोधक चक्कीको सेवन गरेको पाइएको छ । तपाई एक महिला हुनुहुन्छ भने तपाईले यो कुरामा सचेत रहनुहोला । बिवाह पश्चात बच्चको चाहना नभएका दम्पतीले गर्भनिरोधक चक्कीको सेवन गर्ने गर्दछन् । यस्तो किसिमको चक्कीको विषयमा तपाईले असर सुन्नु भएको छैन् भने हामी तपाईलाई यस चक्की सेवन गर्नुको असर बताउदैछौं ।

तपाईले यस्ता चक्कीको सेवन गर्नु भएमा तपाईलाई टाउको दुख्ने , रिगडा लाग्ने जस्ता समान्य लक्षण सुरुको अवस्थामा देखा पर्दछन् । तर तपाईले यस्तो किसिमको चक्की लामो समय सम्म सेवन गर्नु भएमा तपाईलाई महिनावारीको समस्या हुने , महिनावारी हुदाँ पेट सहन नसक्ने गरी दुख्ने ।

कम्मर दुख्ने, ब्लट धेरै आउने , वान्ता हुने, हातखुट्टा निकै कमजोर हुने ,शरीरले काम नगरेको जस्तो महशुस हुने ,शरीरको हाडजोर्नीहरु दुख्ने
जस्ता अनेकौ समस्या देखापरी गम्भिर बिरामी हुने हुदाँ तपाईले यस्तो किसिमको औषधीको सेवन नगर्नुहोस् ।

तपाईले यस्तो औषधीको सेवन गर्नु भएमा अन्य औषधीले काम पनि गदैन् । औषधीले काम नर्गदा तपाईलाई झन् बिरामीले सताउने छ र बिरामीको मृत्यु हुनेछ । त्यसकारण समयमै सचेत रहनुहोस् भनेर हामीले यो भिडियो तयार पारेका हौं । तपाई स्वस्थ रहन चाहनु हुन्छ भने यस्तो किसिमको औषधीको सेवन नगर्नुहोस् ।

०००

यो पनि पढ्नुहोस :

काजु, बदाम लगायतका ड्राइ फ्रुटले मधुमेह, उच्च रक्तचाप र मुटु रोगमा गर्छ यस्ता फाइदा

साधरणतया सुक्खा खानेकुरा (ड्राइ फ्रुट) का रुपमा चिनिने ‘नट्स एन्ड ओएल सिड्स’ नेपालमा पहिलादेखि नै प्रयोग गरिआइएको खानेकुरा हो। धार्मिक महत्व, स्वादमा मीठो र स्वास्थ्यको हिसाबले पनि एकदमै उपयोगी भए पनि आजभोलि विभिन्न कारणले नट्सको सेवनमा द्विविधा रहेको पाइन्छ। ‘लो क्यालोरी’, ‘लो फ्याट’ जस्ता पोषण बजारमा आएका नयाँ शब्दले गर्दा चिल्लो पदार्थले भरिपूर्ण नट्सको सेवनमा शंका पैदा हुनु स्वभाविक पनि छ।

तर ,सबैले थाहा पाउनुपर्ने कुरा के हो भने, चिल्लो पदार्थ दुई प्रकारका हुन्छन्– स्वस्थ चिल्लो पदार्थ (ओमेगा–६ र ओमेगा–३) र अस्वस्थ चिल्लो पदार्थ (संतृप्त)। नट्समा स्वस्थ चिल्लो पदार्थ (४९–७४ प्रतिशत), प्रोटिन ( ९–२० प्रतिशत) र विभिन्न खनिज पदार्थ (क्याल्सियम, आइरन, पोटासियम, जिंक, सेलेनियम, म्यान्गनिज, म्याग्नेसियम, कप्पर) प्रसस्त मात्रामा पाइन्छ। यससँगै नट्समा फाइबर, भिटामिन–इ, बि र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यस्ता पोषक तत्वको मानव शरीरमा आफ्नै महत्व छ ।

तसर्थ, नट्स (बदाम, हाडे बदाम, पिस्ता, काजु, कट्टुस, ओखर, छोकडा, किसमिस, फर्र्सीको बियाँ, आलस, तिल आदि) स्वास्थ्यका हिसाबले एकदमै लाभबर्धक खानेकुरा हो । नट्समा प्राकृतिक रुपमा चिल्लो पदार्थ धेरै भए पनि कट्टुसमा भने चिल्लो कम हुनुका साथै रगतमा चिनीको मात्रा बढाउने सुगर पनि कम हुन्छ।

सबै प्रकारका नट्स विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । यद्दसप प्रत्येकको आ–आफ्नै विशेषता हुन्छ ।

कुन नट्समा के पाइन्छ ?

– हाडे बदामः प्रोटिन, क्याल्सियम, भिटामिन–इ
– काजुः आइरन, जिंक
– कट्टुसः फाइबर, भिटामिन–सी,
– हेजल नट्सः पोटासियम, फोलेट, भिटामिन–इ, फाइबर
– पिस्ताः प्रोटिन, पोटासियम, एन्टिअक्सिडेन्ट
– सल्लाको दाना (पाइन नट्स): भिटामिन–इ र आर्जिनिन
– ओखरः ओमेगा–३ र एन्टिअक्सिडेन्ट

यसरी विभिन्न पोषक तत्व पाइने नट्सले हाम्रो शरीरमा दैनिक रूपमा चाहिने आवश्यक भिटामिन र खनिज पदार्थको परिपूर्ति त गर्छ नै साथै विभिन्न रोग लाग्न नदिन र रोगहरुको उपचारका क्रममा पनि मद्दत गर्छ।

उच्च रक्तचापः विभिन्न पोषकतत्वले भरिपूर्ण नट्समा प्राकृतिक रूपमै सोडियम कम हुन्छ र पोटासियम धेरै हुन्छ । यो गुणले गर्दा उच्च रक्तचाप भएका बिरामीका लागि नट्स उपयोगी छ । बजारमा पाइने नुनिलो बदाम वा यस्तै नट्सको साटो नुन, तेल प्रयोग नगरिएको अर्थात् प्रशोधन नगरिएको नट्स खानु स्वास्थ्यबर्धक हुन्छ।

मुटु रोगः विभिन्न्न अध्ययनले नट्सले मुटु रोग र मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्ने देखाएका छन् । यसमा पर्याप्त मात्रामा स्वस्थ चिल्लो पदार्थ र न्यून मात्रामा संतृप्त (अस्वस्थ चिल्लो) चिल्लो पदार्थ हुने भएकाले र फाइबर पनि हुने भएकाले स्वस्थ मुटुका लागि राम्रो मानिन्छ।

त्यसैगरी, यसमा हुने आर्जिनिन भन्ने तत्वले रक्तनलीमा हुने अवरोध कम गरेर रगत प्रवाह सहज बनाउन मद्दत गर्छ । एन्टिअक्सिडेन्ट, विभिन्न भिटामिन र मिनेरलले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मधुमेहः विभिन्न अध्ययनले नट्सको प्रयोगले टाइप–२ मधुमेह लाग्न नदिने देखाएका छन् । यसमा हुने स्वस्थ चिल्लो पदार्थ र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने गुणले चिनीरोग नियन्त्रणमा सहयोग पुर्‍याउँछ । यसले चिनीरोग सँगसँगै देखा पर्ने मुटु रोग र रक्तचापलाई पनि नियन्त्रण गर्छ।

तर, दिनमा कति मात्रामा नट्स खाने भन्ने कुरा सबैले हेक्का राख्न जरुरी छ। दिनको २५–३० ग्राम (१५–२० हाडे बदाम, ९ वटा ओखरको गुदी आदि) बराबरको नट्स खाँदा तौल वृद्धिमा असर नगर्ने बरु तौल नियन्त्रणमा मद्दत गर्ने विभिन्न अध्ययनले देखाएको छ। आवश्यक भन्दा धेरै मात्रामा नट्सको सेवन गरेमा तौल बड्नुको साथै अन्य रोग लाग्ने जोखिम पनि बढ्छ।

तसर्थ, तौल नियन्त्रण प्रक्रियामा बिस्कुट, दुनोट, चकलेट, चिप्स आदिको सट्टा दैनिक २५–३० ग्राम नट्स खानु फाइदाजनक हुन्छ। साथै, मुटु रोग र मधुमेह रोगमा सहयोग पुर्‍याउन पनि सोही मात्रामा नट्स सेवन गर्नुपर्छ । अथवा आहारविद् (डाइटिसियन) को सल्लाहमा आफ्नो तौल, उचाइ र उमेर अनुसार क्यालोरी मिलाएर नट्सको सेवन गर्नु प्रभावकारी हुन्छ। नट्सलाई छुट्टै पनि खान सकिन्छ भने खाजाहरुसँग मिलाएर वा पकाएर पनि खान सकिन्छ।

यति धेरै फाइदा भए पनि, नट्सलाई शरीरमा एलर्जी गराउन सक्ने मुख्य खानेकुराका रूपमा वर्गीकरण गरिएको छ। हरेक व्यक्तिले नट्सको सेवन गर्दा आफूलाई शरीरमा केही असर गरिरहेको छ या छैन भने ध्यान दिनु आवश्यक छ।

०००

यो पनि पढ्नुहोस :

तनाव हुनुहुन्छ ? खानुस् भेडे खुर्सानी

काठमाडौँ । खुर्सानी भन्नेबित्तिकै हामीमध्ये कतिपयलाई त्यसको पिरो स्वादले तर्साउँछ त कतिलाई पिरो स्वादले नजिक तान्छ पनि । तर, खुर्सानी पिरो मात्र नभई तरकारी खान समेत सकिने खालको पनि हुन्छ र हामीले पनि प्रयोग गर्ने गरेका छौ ।

हामीले प्राय भेडे खुर्सानी भनेर चिन्ने खुर्सानी पिरो हुँदैन र यसको तरकारी खाने गरिन्छ । यो खुर्सानी खानुको पनि निकै धेरै फाइदा छन् । यो खुर्सानीमा धेरै नै औषधिय गुण हुन्छ ।

यसका केही फाइदाहरूका बारेमा थाहा पाऔ :

– यो खुर्सानीको प्रयोगले तपाईको शरिरमा रहेको कोलस्टेरोलको मात्रा कमी गर्छ ।

– खुर्सानीमा हुने एक रसायन लायकोपिनले शारीरिक तनाव तथा डिप्रेशनलाई कम गर्नका लागी मद्धत गर्छ ।

– यसले शारीरिक शक्तिलाई बढाउने गर्छ । यसमा पाइने भिटामिन ए, बि र सी ले शरिरको मजबुतिका लागी काम मद्धत गर्छन् ।

– खुर्सानीको प्रयोगले शरिरको कम्मरको दुखाई, साइटिका, जोर्नीको दुखाईमा समेत राहत दिन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन नामको रसायनले दुखाई कम गर्ने काम गर्छ ।

– यो खुर्सानीले शरिरको तौल घटाउनका लागी समेत मद्धत गर्छ । शरिरको बोसो तथा कार्बोहाइड्रेडलाई कम गर्नका लागी पनि यसले निकै फाइदा पुर्याउँछ ।

– उच्च रक्तचापमा समेत यो खुर्सानी लाभदायक हुन्छ । खानामा यसको अधिक प्रयोगले उच्च रक्तचाप कम गर्न मद्धत गर्छ ।

– नेपालीहेडलाइन्सबाट

०००

यो पनि पढ्नुहोस :

के हो ‘होलबडी’ चेकअप ? यसमा के-के जाँच गरिन्छ ? कुन अस्पतालमा कति शुल्क लाग्छ ? जान्नुहोस र अरुलाई पनि शेयर गर्नुहोस

काठमाडौँ । नेपाली समाजमा बिरामी नभई स्वास्थ्य जाच नगर्ने प्रचलन छ तर हिजोआज जनमानसमा स्वास्थ्यप्रतिको सजगता बढ्दै गएको छ। समय-समयमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने चलन सुरु भएको छ। आमनागरिकको यही सचेतना बुझेर स्वास्थ्य संस्थाहरुले आफूतिर आकर्षित गर्न स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज सार्वजनिक गर्छन्। तिनै मध्येको चर्चित प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात शारीरिक परीक्षण। होलबडी चेकअपबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के-के जाँच गरिन्छ, के-के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चाहिँ उति धेरै जानकारी राखेको पाइँदैन।

के हो ‘होल बडी चेकअप’ ?

‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।

त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।

होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्।

त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।

के-के जाँच गरिन्छ?

तपाईंको स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन भनेर गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भन्ने गरिन्छ। साधारणतया यसमा उमेर र, लिङ्ग हेरेर निम्न जाँच गरिन्छ:

रगतबाट गरिने जाँच:

-रक्त कण गणना (कम्प्लिट ब्लड काउन्ट)

– रक्त समूह (ब्लड ग्रुप)

– सुगर (फास्टिङ/पोस्टप्रान्डियल/रेन्डम)

– कलेजो (लिभर फंसन टेस्ट)

– मिर्गौला (रिनल फंसन टेस्ट)

– कोलेस्टेरोल (लिपिड प्रोफाइल)

– युरिक एसिड

– थाइराइड (थाइराइड फंसन टेस्ट)

– भिटामिन डी

– हेपाटाइटिस बी / सी / एचआइभी / भिडिआरएल / टिपिएचए

पिसाबको जाँच: पिसाबमा इन्फेक्सन, सुगर, प्रोटिन (अल्बुमिन) को मात्रा।

दिसाको जाँच: दिसामा इन्फेक्सन, जुका, रगत (ओकल्ट ब्लड) भएको/नभएको।

फोक्सो (पल्मोनरी फंसन टेस्ट)

छातीको एक्सरे (सिएक्सआर-पिए)

इको (इकोकार्डियोग्राफी)

भिडियो एक्सरे (पेट) (युएसजी-एब्डोमेन/पेल्भिस)

पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर

४० वर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफी

४५ वर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाँच (पिएसए)

होलबडी चेकअपका लागि पूर्वतयारी:

कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ। त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवस्यक छ:

– जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८-१० घन्टा सुत्नुपर्छ।

– जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ। धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड- रगतमा हुने बोसोको मात्रा) बढाउँछ। प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ।0 ब्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ।

– विशेसगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८-१० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ।

– कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ। भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ।

– जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ।

– जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ।

– पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ।

‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

टिचिङ अस्पताल

काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ।

सिभिल अस्पताल

नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।

बी एण्ड बी अस्पताल

ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ।

पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ। जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।

मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।

सुमेरु अस्पताल

ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ।

अल्का अस्पताल

निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ।

महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।

ओम अस्पताल
निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।

वयोधा अस्पताल बल्खु

बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।

दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ। – शिखरन्युजबाट

०००

यो पनि पढ्नुहोस :

साबधान ! के तपाईको नशा फुलेको छ ? आफैले घरमै यसरी गर्नुहोस उपचार

एजेन्सी । शरीरको माथिल्लो सतह हात, पाखुरा, पिँडुला लगायतको अंगमा माकुराको जालो वा रुखको हाँगा जस्तो खुम्चिएर बसेको नशालाई फुलेको नशा भनिन्छ । मेडिकल भाषामा यसलाई ‘डिसएप्पियर भेरीकोस भेन्स ‘ भनिन्छ ।

यस्तो नशा फुलिएको हामीले सजिलै देख्न सक्छौं । छालामा हल्का रातो तथा निलो रंगजस्तो देखिने गर्दछ । विशेषगरी पाखुरा र पिँडुलामा यस्तो समस्या बढि देखिने गर्दछ । यस्तो समस्या हामी आफैले देख्न सक्छौं । यस्तो समस्या ५० वर्ष उमेर कटेपछि धेरै मानिसहरुलाई हुने गर्दछ ।

झट्ट हेर्दा सामान्यजस्तो लागेपनि यसले स्वास्थ्यमा गम्भीर समस्या सिर्जना गर्न सक्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार नशाको भल्भ (नलीको द्वार) खराब भएपछि यस्तो समस्या देखिने गर्दछ । नशामा अत्याधिक रक्त सञ्चारको दबाब अर्थात उच्च रक्तचाप हुनेहरुलाई यो समस्या झन् खतरनाक हुन सक्छ ।

यस्तो समस्याको उपचार गर्न अस्पतालमा ज्यादै महगों पर्ने भएकोले सबैले उपचार गर्न सक्दैनन् । तर आयुर्वेदिक चिकित्सकहरुले भने यस्तो समस्या भएमा घरमै सजिलै उपचार गर्न सकिने बताएका छन् ।

कसरी गर्ने त घरेलु आयुर्वेदिक उपचार ?

सर्वप्रथम औषधि बनाउन आवश्यक पर्ने आधा कप घिउकुमारी (एलोभेरा), स्याउबाट बनेको अमिलो (एप्पल साइडर भिनेगर) र आधा गाँजर ठिक पार्नुहोस् । अब गाँजरलाई मसिनो गरी काटेर घिउकुमारीसँग मिसाई पिंधेर लेदो (पेष्ट) बनाउनुहोस् ।

त्यसपछि गाँजर र घिउकुमारीको लेदोमा स्याउबाट बनेको अमिलो (एप्पल साइडर भिनेगर) मिसाएर एउटा सुरक्षित भाँडोमा राख्नुहोस् । यसरी तयार भएको मल्हम फुलेको नशा वरीपरी राम्ररी लगाउनुहास् त्यसको ठीक आधा घण्टा पछाडि चिसो पानीले धुनुहोस् ।

यसरी आयुर्वेदिक औषधि निरन्तर एवं महिना लगाउनुहोस् तपाँइको फुलेको नशा विस्तारै हराउने छ । तर तपाइको उमेर अनुसार लगाउनु पर्ने समय केहि घटबढ हुन सक्छ । – हाम्रो डाक्टरबाट