रणवीर सिंह र आलिया भट्ट अभिनीत ‘गल्ली ब्वाई’को ट्रेलर रिलिज (भिडियो)

मुम्बई – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘गल्ली ब्वाई’को ट्रेलर सार्वजनिक भएको छ। मुम्बईको स्ट्रिट र्‍यापर्सको कथामा आधारित चलचित्रको ट्रेलर बुधवार रिलिज गरिएको हो।

फिल्ममा रणवीर स्ट्रिट र्‍यापर्सको भूमिकामा देखिनेछन् । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् । यस फिल्मको निर्मातामा फरहान अख्तर र रितेश सिद्धवानी छन् । आलिया र रणवीरको जोडी पहिलो पटक साथ देखिन लागेका हुन् । चलचित्र भने फेब्रुअरी १४ मा रिलिज हुनेछ।

हेर्नुस् ट्रेलर: