नगरसभामा चार विधेयक प्रस्तुत भएका छन्

बुटवल, २५ पुस | जदेखि शुरु भएको बुटवल उपमहानगरपालिकाको चौैथो नगरसभाको प्रथम बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

बैठकको शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयक प्रस्तुत गर्न अनुमति दिएसँगै ती विधेयक प्रस्तुत भएका हुन् । नगरसभामा प्रस्तुत विधेयकमध्ये उपप्रमुख गुमादेवी आचार्यले न्यायिक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक–२०७५ र सामाजिक समिति संयोजक¬ सीताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक,२०७५ प्रस्तुत गर्नुभयो ।

यस्तै आर्थिक विकास समितिका संयोजक टङ्कप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) प्रस्तुत गर्नुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । नगरसभाको अर्को बैठक यही पुस २९ गते आइतबार बस्नेछ । रासस