८७ बर्षीय होटल र्‍याडिसनका अध्यक्ष श्रेष्ठको निधन !

काठमाडौं, २५ पुस । वरिष्ठ पर्यटन तथा होटल व्यवसायी गोविन्ददास श्रेष्ठको निधन भएको छ ।

८७ वर्षीय श्रेष्ठको भारतको मुम्बईस्थित लिलावती अस्पतालमा उपचारक्रममा बुधबार बिहान निधन भएको हो ।

श्रेष्ठ काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनका अध्यक्षसमेत रहेका थिए ।

श्रेष्ठको पार्थिव शरीर भारतबाट नेपाल ल्याइ बिहीबार (भोलि) अन्तिम श्रद्धाञ्जलिका लागि होटल याडिसनमा राखिने जनाइएको छ ।

५० वर्षभन्दा बढी समय पर्यटन व्यवसायमा संलग्न रहेका श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।