नपाउनुको नातिनी : हजुरआमाको गरगहना चोरी हजुरआमाकै हत्या !

भोजपुर, २५ पुस । यो समाजमा मान्छे थरि थरिका छौं । कोहो चोरी गर्ने, कोहि हत्या गर्ने, कोहि दुवै अपराध गर्ने, त कोहि बलात्कार गरि हत्या गर्ने । पुरुष मात्र होइन महिला पनि यस्ता अपराधमा संलग्न रहेको पाइएको छ ।

भोजपुरमा एक युवतीले हजुरआमाको गरगहना चोरी गरि हत्या गरेकी छिन् । अन्ततः ती युवतीलाई अदालतले जन्मकैद सजायको फैसला सुनाएको छ ।

जिल्लाको टेम्के मैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रेमकुमारी राईले नातामा हजुरआमा पर्ने ईश्वरमाया राईको गरगहना चोरी गरि उल्टै हत्यासमेत गरेकोमा दोषी ठहर गर्दै अदालतले जन्मकैद सजायको फैसला गरेको हो ।

गरगहना लुटपाटपछि हजुरआमाको टाउकमा ढुंगासमेत प्रहर गरि हत्या गरेको प्रहरीले जनाएको छ । २०६९ साल असोज ६ गते भएको उक्त घटनाबारे परिवारका सदस्यले प्रहरी कार्यालयमा उजूरी दर्ता गराएपछि रेमकुमारी पक्राउ परेकी थिईन ।

पक्राउ परेकी उनीमाथि थप अनुसन्धान गर्ने क्रममा दोषी ठहर गर्दै जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले रेमकुमारीलाई जन्मकैद फैसला सुनाएको हो ।